काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले एक सुचना जारी गर्दै २६८ जना माग गरेको हो ।
लघुवित्तले बरिष्ठ प्रबन्धकमा २ जना, प्रबन्धक १ जना, सहायक प्रबन्धक २ जना, बरिष्ठ अधिकृत २ जना, अधिकृत ७ जना , कनिष्ठ अधिकृत २४ जना, बरिष्ठ सहायक ३४ जना, सहायक ३९ जना, सहायक ३ जना, कनिष्ठ सहायक ४५ जना, सहायक प्रशिक्षर्थी ९४ जना, कृषि प्राविधिकमा ५ जना, पशु प्रविधिमा ५ जना र अ.न.मीमा ५ जना माग गरेको छ ।
उक्त पदको लागि इच्छुक व्यक्तिले सुचना सार्वजनिक भएको मितिले २१ दिनभित्र आवेदन दिनपर्नेछ ।
