काडमाडौं । साउन १ गतेदेखि लागु हुने गरि विकास बैंकले पनि ब्याजदर घटाउने भएका छन् । आज बसेको डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) को बैठकले साउनदेखि लागु हुनेगरि ब्याजदर घटाउने निर्णय गरेका हुन् ।
राष्ट्रिय स्तरका विकास बैंकले निक्षेपको ब्याजदर १०.१ प्रतिशत कायम गर्ने सहमति भएको छ । यस अघि निक्षेपको ब्याजदर १०.६ प्रतिशत ब्याजदर रहेकोमा साउन १ गतेदेखि सो ब्याजदर घटाएर १०.१ प्रतिशत कायम गर्ने सहमति भएको हो । क्षेत्रिय स्तरका विकास बैंकले भने निक्षेपको ब्याज १०.३५ प्रतिशतसम्म कायम गर्न सक्ने छन् ।