काठमाडौं । काठमाडौंबाट झापाको चन्द्रगढीका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाज समस्याआएपछि केही समयमै काठमाडौंमै फिर्ता गरिएको छ ।
बुद्ध एयरकको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो । उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । सो जहाजमा रहेका यात्रुलाई अर्को जहाजबाट झापा पठाउने तयारी भएरहेको छ । भने सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको छ ।