images
images

नेपाल टेलिकमले ल्यायो समर अफर, यस्ता छन् सुविधा


  • 371
    SHARES
  • २०८० आषाढ २९ गते शुक्रबार

    नेपाल टेलिकमले ल्यायो समर अफर, यस्ता छन् सुविधा

    काठमाडौं । नेपाल टेलिकमले आजदेखि लागु हुनेगरि समर अफर ल्याएको छ । टेलिकमले सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका समर अफर उपलव्ध गराएकाे हाे । 

    नेपाल टेलिकमले उपलब्ध गराएको समर अफर सम्बन्धमा यसैसाथ संलग्न प्रेस विज्ञप्ति प्रकाशनर प्रसारण गरिदिनु हुन त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको कम्पनीले जनाएको छ । 

    यस्ता छन् समर अफर अन्तर्गत उपलब्ध प्याकहरु :

    अल टाइम डाटा प्याक अन्तर्गत रु. ५०० मा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र ८०० रुपैयाँमा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ । 

    – प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ । 

    – सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेछ । 

    – मेसिन देखि मेसिन सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ । 

    कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिंदै आएको बमोजिम तोकिएको परिमाण उपभोग पछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको कम्पनीले जनाएकाे छ । 

    यस अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जनाएकाे छ । 

     


    images
    images

    Logo