images
images

एकैदिन २२ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 469
    SHARES
  • २०८० आषाढ २९ गते शुक्रबार

    एकैदिन २२ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार २ सय २९ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई विहीबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६४ जना, लेन अनुशासन पालना नगर्ने १ सय २३ जना, रेड लाइडमा सवारी साधन चलाउने ६४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने २९  र नम्बर प्लेट राम्रोसँग नराख्ने १३ जना, लिडारगन २ सय ४ जना चालक रहेका छन् ।  यस्तै १ हजार ७ सय ४३ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

     


    images
    images

    Logo