काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाा कायम भएको छ ।
बिहीबार प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।