images
images

काठमाडौं आउँदै गरेको बस दासढुङ्गामा खस्दा १९ यात्रु घाइते


  • 473
    SHARES
  • २०८० आषाढ २९ गते शुक्रबार

    काठमाडौं आउँदै गरेको बस दासढुङ्गामा खस्दा १९ यात्रु घाइते

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

    काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बस  अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए ।

    घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ लेराइएको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo