images
images

भारतले लगायो अनलाइन गेमिङमा २८ प्रतिशत कर, १.५ अर्ब डलरको उद्योगमा धक्का लाग्ने


  • 556
    SHARES
  • २०८० आषाढ २७ गते बुधबार

    भारतले लगायो अनलाइन गेमिङमा २८ प्रतिशत कर, १.५ अर्ब डलरको उद्योगमा धक्का लाग्ने

    भारत सरकारले अनलाईन गेमिङ कम्पनीहरुले आफ्ना ग्राहकबाट जम्मा गर्ने कोषमा २८ प्रतिशत कर लगाउने निर्णय गरेको छ । मंगलबार भारतीय वित्तमन्त्री निर्मला सितारमणले राज्यका वित्त मन्त्रीहरुसँग छलफल गरि उक्त निर्णय लिएकी हुन् । 

    सरकारको उक्त निर्णयले १.५ अर्ब डलरको अनलाइन गेमिङ उद्योगमा नै ठूलो धक्का लागेको छ । 

    गेमिङ एपहरुलाई प्रायः भारतीय खेलाडीहरुले समर्थन गर्छन् । क्रिकेट राष्ट्रियस्तरमा नै सबैको रुचीको विषय हो । तर गेमरहरुबीच सम्भावित लत र आर्थिक नोक्सानीके चिन्ता बढ्दो छ । 

    उक्त क्षेत्रले वार्षिक २८ देखि ३० प्रतिशतको चक्रवृद्धि दरमा प्रगति गर्दै अन्तर्राष्ट्रिय लगानीकर्तालाई भारतमा लगानी गर्न आकर्षित गरेको छ । भारतको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक भारतीय गेमिङ स्टार्टअप ड्रीम ११ ले अमेरिकी लगानी कम्पनी टाइगर ग्लोबलबाट आर्थिक सहयोग प्राप्त गरेको छ ।

    मंगलबार भारतका राज्यहरुको वित्तमन्त्रीहरु मिलेर बनेको वस्तु तथा सेवा कर परिषद्सँग व्यापक छलफल गरेपछि भारतीय वित्तमन्त्री निर्मला सितारमणले अनलाइन गेमिङमा कर लगाउने निर्णय गरेको बताइन् । 

    कर लगाएर कम्पनीहरुलाई नोक्सान हुनसक्नेभन्दा पनि उपभोक्तालाई थप शूल्क तिर्नुपर्ने स्थिति आउनसक्ने अनलाइन गेमिङ उद्योगका अधिकारीहरुले बताए । 

    ‘२८ प्रतिशत कर लगाउँदा गेमिङ उद्योगले धेरै चुनौतीहरुको सामना गर्नेछ । उच्च करको बोझका कारण कम्पनीको नगद प्रवाहमा पनि असर पर्नेछ’, गेमिङ एप इन्डियाप्लेजका प्रमुख अपरेटिङ अफिसर आदित्य शाहले भने । 

    अखिल भारतीय गेमिङ फेडेरेसनका सीईओ रोल्याण्ड ल्याण्डर्सले उक्त निर्णय ‘असंवैधानिक र तर्कहीन’ भएको बताए ।

    उक्त कदमले ‘जुवा र सट्टेबाजी प्रकृति घटाइ सीपको खेल ल्याउने’  ट्याक्सम्यानका अप्रत्यक्ष कर प्रमुख किशोर कुमारले बताए । 

    अलजजीरा


    images
    images

    Logo