काठमाडौं । प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी सीता दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र छोरीहरु रेणु र गङ्गा दाहालले पार्थिक शरीरमा दागबत्ती दिएका हुन्।
सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।
मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । उनीको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो ।



