images
images

मधेशको कृषि मन्त्रालयका शाखा अधिकृतविरुद्ध झोला खरिदमा भ्रष्टाचार गरेको आरोप


  • 515
    SHARES
  • २०८० आषाढ २७ गते बुधबार

    मधेशको कृषि मन्त्रालयका शाखा अधिकृतविरुद्ध झोला खरिदमा भ्रष्टाचार गरेको आरोप

    काठमाडौं । मधेष प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओम नारायण झा र नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । सहकारीको आयमूलक तालिम सञ्चालनका लागि विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध मुद्दा लगाएको हो । 

    सहायक प्रवक्ता थपलियाका अनुसार अधिकृत झाले आर्थिक वर्ष २०७८/०७९ मा सहकारीको आय मूलक तालिम सञ्चालन नगरी एवं प्रक्रिया नपुर्‍याई पेस्की दिएको, नक्कली बिल भरपाई पेश गरी पेस्की रकम फर्छ्यौट गरेको पाइएको थियो ।

    साथै उनले अस्वाभाविक रुपमा बढी मूल्य तिरी झोला खरिद गरेको देखाई बढी भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध ७ लाख एक हजार तीन सय ८० रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवाना असुलउपरको मागदाबी गरेको छ ।

    यस्तै, नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर कुमारीले आफू र प्रतिवादी झालाई गैरकानूनी लाभ पुर्‍याउनका लागि बढी मूल्य तिरी झोला खरिद गरेको पाइएको अख्तियारले जनाएको छ ।

    आयोगले प्रोप्राइटर कुमारीविरुद्ध ३ लाख ६८ हजार ८८० रुपैयाँ बिगो कायम गरी बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


    images
    images

    Logo