काठमाडौं । प्रभु लाइफ इस्योरेन्स र महालक्ष्मी लाइफ इस्योरेन्सले असार २९ गते शुक्रबारदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । प्रभु लाइफ इस्योरेन्स र महालक्ष्मी लाइफ इस्योरेन्स मर्जर पछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नाममा असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने लागेको हो ।
प्रभु लाइफ इस्योरेन्स र महालक्ष्मी लाइफ इस्योरेन्स १ः१ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । सो कम्पनीलाई गत जेठ २९ गते नेपाल धितोपत्र बोर्डले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।
एकिकृत कारोबार प्रयोजनको लागि दुबै कम्पनीको सम्पुणर् हर हिसाब तथा तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा क्लोजिङ्ग प्रयोजनको लागि असार २९ गते शुक्रबार देखि ३१ गतेसम्म कम्पनीको सम्पुर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द रहने जनाएको छ ।



