images
images

१६ वर्षीय किशोरीलाई थुनेर राखेको आरोपमा एक युवक पक्राउ


  • 390
    SHARES
  • २०८० आषाढ २७ गते बुधबार

    १६ वर्षीय किशोरीलाई थुनेर राखेको आरोपमा एक युवक पक्राउ

    ललितपुर । १६ वर्षीय किशोरीलाई थुनेर राख्ने एक युवक पक्राउ परेका छन् । शरीर बन्धक लिन नहुने कसुरमा महाङ्काल गाउँपालिका–३ बस्ने २० वर्षीय सुमन न्यासुरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    असार २२ गते वेलुकीदेखि १६ वर्षीय किशोरी हराएको भन्ने निवेदन असार २४ गते प्राप्त भएको तथा ती किशोरीलाई सुमनले सोही गाउँपालिका–६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेको भन्ने उजुरी असार २६ गते प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुमनलाई पक्राउ गरेको हो ।

    उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । साथै पीडित किशोरीलाई आफन्तको जिम्मा लगाइएको छ ।


    images
    images

    Logo