images
images

उपत्यकामा ८ लाख ७६ हजार सवारी साधन कारबाही


  • 429
    SHARES
  • २०८० आषाढ २७ गते बुधबार

    उपत्यकामा ८ लाख ७६ हजार सवारी साधन कारबाही

    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने ८ लाख ७६ हजार १ सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो । 

    कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए । कारबाही गरिएकामध्ये लेनमा ३८ हजार ३ सय ६२, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३ हजार ६४, रातोबत्ती बलेको बेला सवारी साधन चलाउने २८ हजार ९ सय ३२ सवारी साधन कारबाहीमा परेका छन् ।

    यस्तै तीव्र गतिमा ५६ हजार ५ सय २४, जथाभावी पार्किङ गर्ने १ लाख ३६ हजार ३९, आरक्षण सिट प्रयोग नगर्ने ७ सय ३६, जथाभावी हर्न बजाउने १४ हजार ४ सय ४७, लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ४८ र ओभरलोड प्रयोग गर्ने १६ हजार ४ सय ८५ सवारी साधन रहेका छन् ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौं उपत्यकाको सवारी साधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा १ हजार ८ सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ । हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा रहेका छन् । 


    images
    images

    Logo