काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।