images
images

पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो


  • 259
    SHARES
  • २०८० आषाढ २५ गते सोमबार

    पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो

    काठमाडौं । पछिल्लो पाँच वर्षमा चट्याङका कारण ४ सय १९ जनाले ज्यान गुमाएका छन् भने ६ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ । 

    प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२, सुदूरपश्चिम प्रदेशमा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले ज्यान गुमाएका छन् । 

    सो अवधिमा चट्याङका कारण  ६ करोड ८ लाख ८५ हजार ७ सय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा अनुमानित २ करोड ७९ लाख ३४ हजार ५ सय रुपैयाँ र सबैभन्दा कम कर्णाली प्रदेशमा २३ लाख ९२ हजार ४ सय ३० रुपैयाँ को क्षति पुगेको प्राधिकरणले जनाएको छ । 

    लुम्बिनी प्रदेशमा ९२ लाख ३८ हजार ३ सय ३० रुपैयाँ, बागमती प्रदेशमा ७९ लाख ८२ हजार रुपैयाँ, मधेस प्रदेशमा ५९ लाख ७९ हजार रुपैयाँ, गण्डकी प्रदेशममा ९ लाख ३६ हजार ५ सय रुपैयाँ र सुदूरपश्चिम प्रदेशमा २४ लाख ३३ हजार रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको छ ।

    चट्याङका कारण मुलुकभर कूल ५७ वटा भौतिक पूर्वाधार क्षति पुगेको छ । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १५ र सबैभन्दा कम गण्डकी प्रदेशमा ४ क्षति भएको छ । कोशी प्रदेशमा १४, कर्णाली प्रदेशमा सात, मधेस र बागमती प्रदेशमा छ÷छ र सुदूरपश्चिम प्रदेशमा पाँच वटा पूर्वाधारमा क्षति पुगको छ । 

    सो अवधिमा कूल ३ हजार १ सय ८७ वटा पशुचौपायाकोक्षति पुगेको छ । जसमध्ये कर्णाली प्रदेशमा १ हजार ५ सय ४ मधेस प्रदेशमा ३५, सुदूरपश्चिम प्रदेशमा ८ सय ४७, कोशी प्रदेशमा २ सय ८९, गण्डकी प्रदेशमा २ सय ६९, लुम्बिनी प्रदेशमा १ सय ७१ र बागमती प्रदेशमा ७२ वटा पशुचौपायामा क्षति भएको छ ।


    images
    images

    Logo