images
images

नेपालले यसै साता एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने


  • 395
    SHARES
  • २०८० आषाढ २५ गते सोमबार

    नेपालले यसै साता एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने
     
    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहगागिता जनाउने नेपाली क्रिकेट टोलीलाई आज बिदाई गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, क्यानका पदाधिकारीलगातयले  टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरेका हुन् ।
     
    नेपाली टोली आजै श्रीलङ्का प्रस्थान गर्दैछ । सो प्रतियोगिता भने यही असार २८ गतेदेखि साउन ७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र संयुक्त अबर इमिरेट्स (युएई) छन् ।
     
     त्यस्तै समूह बीमा आयोजक श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान टोलीरहेका छन् । नेपालले आफनो पहिलो खेल पाकिस्तानका ‘ए’ टोलीसँग यही असार २९ गते खेल्ने छ । त्यस्तै नेपालले आफनो दोस्रो खेल साउन १ गते भारत ‘ए’ सँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले साउन ३ गते युएईसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 
     
    यसअघि टोलीमा समावेश भएका आरिफ शेखले भने प्रतियोगितामा सहभागिता जनाउने छैनन् । उनले आफनो व्यक्तिगत समस्या देखाउँदै नाम फिर्ता लिएका छन् । अब उनको  स्थानमा  पवन सर्राफले प्रतियोगितमा सहभागिता जनाउनेछन् । 
     
    नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल,  गुल्सन झा, सोमपाल कामी, भीम सार्की, देव खनाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, श्याम ढकाल, सूर्य तामाङ, पवन शर्राफ र सन्दिप जोरा छन् । 


    images
    images

    Logo