images
images

मिथिला लघुवित्तको शेयर संरचना परिर्वतन 


  • 335
    SHARES
  • २०८० आषाढ २५ गते सोमबार

    मिथिला लघुवित्तको शेयर संरचना परिर्वतन 

    काठमाडौं । मिथिला लघुवित्त वित्तीय सस्थाले शेयर संरचना परिर्वतन गरेको छ । संस्थाको हाल कायम संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको कम्पनीले जनाएको छ ।

    संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न ईच्छुक नभएका संस्थापक शेयरधनीहरुलाई ७ दिनभित्र धनुषाको ढल्केबरस्थित संस्थाको केन्द्रीय कार्यालय लिखित रुपमा निवेदन दिन कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ । संस्थाले तोकिएको यस मितिभित्र कुनै पनि संस्थापक शेयरधनीले शेयर परिवर्तन गर्न चाहेको भनी निवेदन नदिएमा शेयर परिवर्तन मन्जुर रहेको मानिने कम्पनीले जनाएको छ ।


    images
    images

    Logo