काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६० करोडको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले सोमबार सो रकम बराबरको बिल विक्री गर्न लागेको हो ।
बैंकले २८ दिन अवधिका लागि ५ अर्ब, ९१ दिन अवधिका लागि ८ अर्ब बिल विक्री गर्ने भएको छ । त्यस्तै, १८२ दिन अवधिका लागि ६ अर्ब र ३६४ दिन अवधिका लागि ८ अर्ब ६० करोड बराबरको बिल विक्री गर्ने भएको छ ।
उक्त विलहरुमध्ये २८ दिन अवधिको विल साउन २३ गते परिपक्व हुनेछ भने ९१ दिन अवधिको असोज २३ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिन अवधिको पुस २४ गते र ३६४ दिन अवधिको बिल आगामी २०८१ साल असार असार २६ गते परिपक्व हुने बैंकले जनाएको छ ।
उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, तथा सर्वसाधारण नागरिकले सहभागि हुन सक्नेछन् ।