images
images

भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीका लागि सेवा सुविधा थपिंदै, सबै उपचार निःशुल्क


  • 452
    SHARES
  • २०८० आषाढ २५ गते सोमबार

    भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीका लागि सेवा सुविधा थपिंदै, सबै उपचार निःशुल्क

    भक्तपुर । भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्रले सबै खाले उपचार सेवा निःशुल्क रुपमा उपलव्ध गराउँदै आएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले अन्य अस्पतालमा आठ सय रुपैया पर्ने विशेषज्ञ चिकित्सकसहितको सेवा निःशुल्क रुपमा उपलव्ध गराएको हो । केन्द्रले पछिल्लो समय अकुपञ्चर, फिजियोथेरापीको सेवा निःशुल्क रुपमा उपलव्ध गराउँन थालेको हो । सेवा थप गरेसंगै केन्द्रमा उपचार गर्न आउँने बिरामीको शंख्या बढ्न थालेको छ । 

    केन्द्रमा हाल दैनिक ९० जना भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताउँदै केन्द्रका प्रमुख डा। नरेन्द्र प्रसाद गिरी भन्छन्, ‘केन्द्रमा दैनिक कम्तीमा एक सय जना बिरामी उपचारका लागि आउँने वातावरण निर्माणका लागि हामी काम गरिरहेका छौं ।

    केन्द्रले आयोजना गरेको पत्रकार अन्तरक्रियामा बोल्दै प्रमुख डा। गिरीका अनुसार चालु आर्थिक वर्षको असार २० गतेसम्म १९ हजार ८ सय ८० बिरामीले ओपिडी सेवा लिएका छन् । गत आर्थिक वर्षमा यो सेवा लिनेको संख्या १४ हजार १ सय ४० थियो । केन्द्रले ओपिडि सेवा बाहेक स्तनपायी आमा, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसहित नसर्ने रोगको पहिचानका लागि स्क्रिनिङ, योग साधनालगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ । केन्द्रले चालु आर्थिक वर्षमा करिव ७ हजार जनालाई त्यस्तो सेवा प्रदान गरेको जनाइएको छ ।

    केन्द्रले सरकारले तोकेको २३ थरी औषधी निःशुल्क वितरण गर्दै आएको छ भने बिरामीको सुविधाको लागि केन्द्रले विशेष छुटसहितको सःशुल्क फार्मेसी सेवा समेत सञ्चालनमा ल्याएको छ । सो सेवामार्फत बिरामीले १० प्रतिशत छुटमा गुणस्तरीय औषधी पाउँदै आएका छन् । अन्यत्र पैसा तिरेर काट्नुपर्ने टिकट समेत केन्द्रमा निःशुल्क रुपमा उपलव्ध गराईर्एको बताउँदै डा. गिरीले  केन्द्रमा नियमित सेवा अन्तर्गत बहिरंग सेवामा विशेषज्ञ आयुर्वेद चिकित्सकद्धारा बिरामी जाँच र परामर्श सेवा, पुर्वकर्म÷पञ्चकर्म सेवा अन्तर्गत हाडजोर्नी तथा नशा रोग, दम, पिनाश, टाउको दुखाई, माईग्रेन, अनिन्द्रा, तनाव, उच्चरक्तचाप लगायतका सेवा प्रदान गर्दै गर्ने गरिएको बताए । 

    त्यसैगरी प्याथोलोजी ल्यावमा रगत, दिसा, पिसाव, खकार, वीर्यको परीक्षण, स्तनपायी आमा कार्यक्रम अन्तर्गत ६ महिनाभित्रका सुत्केरी आमालाई दुग्धवर्धक औषधिका साथै आवश्यक परामर्श सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा अन्तर्गत ज्येष्ठ नागरिकहरुका लागि विशेष स्वास्थ्य सेवा प्याकेज प्रदान गर्दै आएको केन्द्रले जनाएको छ ।
    केन्द्र बाहेक भक्तपुरमा दुई वटा आयुर्वेद औषधालय र तीन वटा नागरिक आरोग्य सेवा केन्द्रमार्फत आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको केन्द्रकी वैद्य शान्ता केसीले बताइन । 

    केसीका अनुसार चाँगुनारायण नगरपालिका वडा न। ७ बोगश्वरी, सूर्यविनायक नगरपालिका १० जोरपाटी र भक्तपुर नगरपालिका वडा न। ६ चोछेँमा नागरिक आरोग्य सेवा केन्द्रमार्फत सेवा प्रदान गर्ने गरिएको छ । त्यस्तै केन्द्र अन्तर्गतका आयुर्वेद औषधालय मध्यपुर थिमि वडा नं।१ लोहकिल्थली, खरिपाटी आयुर्वेद औषधालय चाँगुनारायण नगरपालिका ५, खरिपाटी र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायकबाट आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँने गरेको डा. गिरीले बताए ।

    भक्तपुरमा विगत दुई वर्ष यता केन्द्रमा बिरामीको चाप बढ्न थालेको बताउदै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजु अधिकारीले  पत्रकारहरुले पनि आयुर्वेदका बारेमा समाचार प्रकाशन गरी यसको प्रचार प्रसारमा सहयोग गर्नुपर्ने बताए । भक्तपुरमा आयुर्वेद अस्पताल सञ्चालनका लागि जग्गाको व्यवस्थापन अन्तिम चरणमा पुगेको र जग्गाको व्यवस्था हुनासाथ बागमती प्रदेश सरकारले अस्पतालको भवन निर्माण अघि बढाउने प्रतिवद्धता जनाएको अधिकारीको भनाई थियो ।

    केन्द्रको आर्थिक प्रशासनका कर्मचारी राजन अधिकारी र कविराज श्यामकुमार रायमाझीले केन्द्रमा बिरामीको चापको तुलनामा भाडाको घरमा कार्यालय राख्दा ज्यादै साँघुरो भएको भन्दै आफ्नै भवन भए अझ बढी सरल र सहज वातावरणमा सेवा प्रदान गर्न सकिने बताएका थिए । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापती, सल्लाहकार रमेश गिरी, सचिव संजीव शुभचिन्तक,नागरिक दैनिकका कृष्ण किसी र रेडियो जनसञ्चारका सुरेश सायजू, लगायतले सल्लाह सुझाव दिएका थिए ।


    images
    images

    Logo