काठमाडौं । शीर्ष नेताको वार्ताले प्रतिनिधिसभाको बैठक दुई घण्टा सरेको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली वार्तामा जुटेका हुन्।
सिंहदरबारमा वार्ता सुरु भएपछि प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ बजेका लागि बोलाइएको बैठक सार्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेका थिए। त्यसपछि दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ।
एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक लगातार अवरोध गर्दै आएको छ। व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली धाएको प्रचण्डले बताएपछि एमालेले विरोध गरेको हो।