काठमाडौं । काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाएको भन्दै ५० हजार जरिवाना तिराएको छ । महानगरले वडा नम्बर ६ मा बस्ने गोकुल बहादुर बुढाथोकीलाई उक्त जरिवाना तिराएको हो ।
काठमाडौं महानगरले नियम विपरित कार्य गर्नेहरुलाई जरिवाना तिराउने गरेको छ । बुढाथोकीले पन नियम विपरित कार्य गरेकाले उनलाई सो कारबाही गरेको महानगरले जनाएको छ ।
