काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाा कायम गरिएको महासंघले जनाएको छ ।