काठमाडौं । मुलुकमा जारी मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ । ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।
आज राति सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशका कतिपय स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षा र हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकाले सम्भावित जोखिमबाट बच्न सबैमा आग्रह गरिएको छ ।



