images
images

भक्तपुर अस्पताल १२०औँ वर्षमा प्रवेश, देशकै उत्कृष्ट भक्तपुर अस्पताल : मन्त्री जोशी


  • 392
    SHARES
  • २०८० आषाढ २२ गते शुक्रबार

    भक्तपुर अस्पताल १२०औँ वर्षमा प्रवेश, देशकै उत्कृष्ट भक्तपुर अस्पताल : मन्त्री जोशी

    काठमाडौं । वीर अस्पताल पछिको दोस्रो अस्पतालको रुपमा स्थापना भएको भक्तपुर अस्पतालले आज आफ्नो १२०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको आज उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भक्तपुर अस्पतालले धेरै राम्रो काम गरेकाले सबैतिर चर्चा पाएको र उत्कृष्ट अस्पताल बन्न सफल भएको सुन्न पाएकोमा खुसी लागेको बताए ।

    उनले भने, “भक्तपुर अस्पतालले राम्रो सेवा प्रवाह गरेको चर्चा सबैतिर सुन्न पाइन्छ, राम्रो गरेकोमा खुसी लागेको छ । अझै राम्रो गर्नु होला, सेवा विस्तार गर्दै जानु होला, सरकारले निःशुल्क भनेका सबै सेवाहरु निःशुल्क नै उपलब्ध गराउनु होला, विपन्नको लागि शैय्या छुट्याउनु होला ।” उहाँले प्रदेशले भक्तपुर अस्पताललाई प्रशासनिक खर्चसहित कूल १ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा आठ करोड सिटिस्क्यान मेसिन खरिदका लागि रकम छुट्याएको बताए । 

    355160.jpg

    कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले भक्तपुर अस्पतालले अहिले काँचुली फेरेको चर्चा गर्दै अस्पतालले प्रवाह गरेको गुणस्तरीय सेवाका कारण बिरामीको चाप तीन गुणा बढेको बताए । उनले भने, “यो अस्पताल म जन्मेको अस्पताल हो, यही मर्ने पनि हो, यो अस्पतालको भौतिक संरचनादेखि सेवा विस्तारसम्मका लागि हामी लागिरहेका छौँ, तपतप पानी चुहिएर बिजोग अस्पताललाई आज यति राम्रो बनाउन हामीले बजेटको व्यवस्थापन गर्यौँ, आज राम्रो भएको छ ।”

    मुख्यमन्त्रीले यो अस्पताललाई २०० शैय्यामा पुर्याएर सेवा विस्तार गर्न लागि रहेको बताउँदै उनले सिटि स्कयान ल्याउन बजेटको व्यवस्थापन गर्न सफल भएको र सिटी स्क्यान मेसिन राख्ने भवन निर्माणका लागि २ करोड रुपैयाँ बजेट व्यवस्थापन गर्न पनि आफू लागि रहेको बताउनुभयो ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल र ख्वप अस्पताल दुबै सरकारी अस्पताल भएको र यी दुई अस्पतालले एक वर्षमा चार लाखभन्दा बढी जनतालाई सेवा उपलब्ध गराएको बताए । 

    उनले निजी अस्पतालमा बिरामी लाने प्रवृत्ति रोकेर गुणस्तरीय र सहज सेवा उपलब्ध गराएर सबै नागरिक सरकारी अस्पतालमै सेवा लिन आउने वातावरण बनाउनु पर्नेमा जोड दिँदै सरकारले सरकारी अस्पतालको सेवा विस्तारका लागि लगानी गर्नुपर्ने बताए ।

    प्रदेशसभा सदस्यहरु सुरेश श्रेष्ठ, धनेश्वरी प्रजापति, भुवनेश्वरी श्रेष्ठले भक्तपुर अस्पतालले दिएको सेवालाई प्रभावकारी तुल्याउन प्रदेश सरकारले उचित बजेटको व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि आफूहरु लागि रहेको बताए । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले अस्पताललाई पत्रकारले नियाली रहेको बताउँदै पछिल्ला समय अस्पतालको राम्रा समाचार लेखन पाएकोमा खुसी लागेको बताए ।

    कार्यक्रममा अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले कोभिडकालमा २०९ शैयामा सेवा सञ्चालन गरेको अस्पताल अहिले भवन अभावले शैय्या खुम्याउनुपर्ने अवस्थामा आएको बताए । उनले भने, “२०५९ सालमा दैनिक ८० बिरामीलाई सेवा दिन निर्धारण गरेको दरबन्दी र जनशक्तिबाटै अहिले दैनिक ८ सय बिरामीलाई सेवा दिइरहेका छौँ, प्रभावकारी र गुणस्तरीय सेवा दिन सफल भएकै कारण पहिला प्रदेशकै उत्कष्ट अस्पताल र अहिले देशकै उत्कृष्ट अस्पताल घोषणा भएर पुरस्कार पाउन सफल भएका छौँ, सरकारले ओएनएम गरेर यो अस्पताललाई २०० शैय्याका लागि आवश्यक स्थायी दरबन्दीको व्यवस्था गरेर लैजानु अत्यावश्यक भइसकेको छ ।” 

    भक्तपुर अस्पतालमा नयाँनयाँ सेवा विस्तार गर्दै गइरहेको बताउँदै नयाँ भवन निर्माण र हस्तान्तरणमा ढिलाइ हुँदा समस्या आइरहेको उनले बताए । कार्यक्रमका सभापति एवं भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले अध्यक्ष, मेडिकल सुपरिटेण्डेन्ट र कर्मचारीको मिहेनतले अस्पताललाई उत्कष्ट बनाउन सफल भएको बताए। 

    भक्तपुर अस्पताललाई बिरामीले हेर्ने दृष्टिकोण परिवर्तन भएको, अस्पतालमा सेवा पर्याप्त पाउने भएपछि निजीमा उपचार गर्न छाडेर भक्तपुर अस्पतालमा उपचारको लागि आउनले अस्पतालबाट दिने सेवामा बिरामीको विश्वास र सन्तुष्ट बढेर गएको पुष्टि हुने बताए । अस्पतालले नयाँ सेवा विस्तार गर्दै गएको र अझै सेवा थप्दै उपचारका लागि भक्तपुर अस्पताल छाडेर अन्यत्र भौतारिनुपर्ने अवस्था अब नआउने गरी व्यवस्थापन गरिने बताए ।

    3550.jpg

    ४० पत्रकारलाई निःशुल्क होलबढी र ६०० बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण 

    त्यसैगरि अस्पतालको २० औ वार्षिकोत्सवको अवसरमा आज भक्तपुरका बिभिन्न सञ्चार माध्यममा कार्यरत यहाँका ४० जना पत्रकारको होलबढी स्वास्थ्य परीक्षण निःशुल्क गरिएको । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको समन्वयमा पत्रकारको होडबढी स्वास्थय परीक्षण गरिएको हो ।

    त्यस्तै वार्षिकोत्सवको अवसरमा आज भक्तपुर अस्पतालमा स्वास्थय परीक्षण गर्न आएको ५५० विरामीको निःशुल्क स्वास्थय परीक्षण गरिएको छ । अस्पतालकी मेसु डा. गौतमले पत्रकारको होलबढी स्वास्थय परीक्षण र अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउने ५५० बिरामीको ओपिडीबाट हुने स्वास्थ्य परीक्षण निःशुल्क गरिएको बताए ।

     

     


    images
    images

    Logo