images
images

आइडिया बैङ्कको छनौट चरण सम्पन्न, अन्तिम चरणका लागि ५० समूह छानिने


  • 279
    SHARES
  • २०८० आषाढ २२ गते शुक्रबार

    आइडिया बैङ्कको छनौट चरण सम्पन्न, अन्तिम चरणका लागि ५० समूह छानिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले काठमाडौं मेट्रो आइडिया एण्ड इनोभेसन्स (केएमआइआइ) २०८० का अन्तिम ५० समूह छनौटका लागि प्रस्तुतिकरण चरण सम्पन्न गरेको छ । 

    आयोगको बैठक कक्षमा ३ दिन चलेको सोच प्रस्तुतिमा १०१ व्यक्तिरसमूहलाई निर्णायक समक्ष सोच, यससँग प्रविधि र साझेदारसँगको सम्बन्ध, व्यावसायिक सम्भावना लगायत विषय राख्न समय दिइएको थियो । ५ मिनेटको प्रस्तुतिपछि निर्णायकहरुले सोधेका प्रश्नहरुको जवाफ दिनु पर्ने थियो । 

    यस चरणका लागि समुदाय र वातावरण विधामा ३२, प्रशासनिक प्रभावकारितामा ७ वटा, सामुदायिक सेवामा २३ वटा, आर्थिक सामाजिक क्षेत्रमा १९ वटा र सहरी पूर्वाधारमा २० वटा गरी १०१ सोच छानिएका थिए । यसमा ७८ वटा समूह र २३ जना व्यक्ति छन् । यसबाट ५० समूह छानिने हुन् ।  

    २०८० जेठ २ गते पहिलो पटक सूचना प्रकाशित गरेर आवेदन आव्हान गरिएको थियो । यसका लागि जेठ १९ गतेसम्म समय तोकिएको थियो । यस अवधिमा प्रस्ताव पठाउन नसकेका तर सहभागी हुन इच्छा गरेका व्यक्ति तथा समूहलाई अवसर दिन १० दिनको समय थप गरेर २९ गतेसम्म पु¥याइयो । यस अवधिमा ७८६ जनाले आवेदन दिएका थिए ।  

    आइडिया बैङ्क नविनतम सोचलाई लगानीसँग जोड्ने ठाउँ हो । नवप्रर्वतक, उद्यमी ब्यावसायीको  सिप तथा ज्ञान अभिबृद्धि गर्दै लगानीकर्तासँग जोडिन्छ । सहरी योजना आयोगका सदस्य प्रतिक अधिकारी भन्नुहुन्छ, ‘नविनतम सोचलाई उद्यमशील क्षेत्रका रुपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर वेरोगजारसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य हो ।’

    अन्तिम ५० समूहको नाम सार्वजनिक गर्ने र त्यसपछिका चरण सञ्चालन गर्ने अबको काम हो । सहरी योजना आयोग सचिवालय प्रमुख कुमारी राईको भनाइ छ । 

     


    images
    images

    Logo