images
images

घुस लिएको अभियोगमा मुद्दा दायर


  • 355
    SHARES
  • २०८० आषाढ २२ गते शुक्रबार

    घुस लिएको अभियोगमा मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    सडक निर्माणकार्य सम्पन्न सिफारिश गरिदिएबापत सेवाग्राहीसँग ७० हजार घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनीहरुलाई पक्राउ गरेको थियो । 

    आयोगले उनीहरुविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।


    images
    images

    Logo