काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले हकप्रद निष्काशनका लागि शुक्रबार अनुमति पाएको हो ।
कम्पनीले चुक्ता पुँजीको १ः१ अर्थात १ सय प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको छ। कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल १० लाख ५९ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
सो हकप्रद निष्काशन तथा विक्री प्रबन्धकका लागि कम्पनीले सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट र सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।