images
images

कोशीका मुख्यमुन्त्री नियुक्ति विरुद्ध एमालेले गर्यो सर्वोच्चमा रिट दर्ता


  • 284
    SHARES
  • २०८० आषाढ २२ गते शुक्रबार

    कोशीका मुख्यमुन्त्री नियुक्ति विरुद्ध एमालेले गर्यो सर्वोच्चमा रिट दर्ता

    काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । शुक्रबार एमालेका तर्फबाट निर्वतमान मुख्यमन्त्री हिक्मत कार्कीले रिट दायर गरेका हुन् । 

    कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्दव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ । संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति भएका कारण यो प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको हुन् । साे  रिटमाथिको सुनुवाइका लागि आइतबारको पेसी तोकिएको छ । 

    विहीबार सत्ता गठबन्धन दलले आफ्नो नेतत्वमा सरकार गठन गर्न प्रदेश सभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमतको दावी गरेका थिए । विहीबार मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट उद्दव थापा नियुक्त भएका थिए । उनले शुक्रबार बिहान सपथग्रहण गरी कार्यभार सम्हालेका छन् । 



    images
    images

    Logo