काठमाडौं । सरकारले काम नसकिएका आयोजनाको म्याद थप गर्नेगरी बाधा फुकाउ आदेश जारी गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले के कारण काम नसकिएको खुलाएर म्याद थप्न सकिनेबारे बताएको हो ।
म्याद थप भई चालु रहेका खरिद सम्झौता परिमार्जन भएको, बजेट अपुग भएको, निर्माण स्थलको उपलब्धता हुन नसकेको, समयमा भुक्तानी हुन नसकेको, निर्माण सामाग्रीको अभाव भएको वा निर्माण स्थलमा प्राकृतिक विपत्ति परेका कारण तोकिएको अवधिभित्र नसकिएका कामहरुको कारण खुलाई कहिले सम्म सकिन्छ भन्ने कार्यतालिका सहित प्रस्तुत गर्न सरकारले आदेश दिएको छ ।