images
images

बजाजको नयाँ पल्सर एन २०० र एनएस १६० बजारमा, कति पर्छ मूल्य ?


  • 631
    SHARES
  • २०८० आषाढ २२ गते शुक्रबार

    बजाजको नयाँ पल्सर एन २०० र एनएस १६० बजारमा, कति पर्छ मूल्य ?

    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि९गोल्छा ग्र्रुप०ले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ। 

    पल्सर एनएस २०० यूएसडी (अपसाइड डाउन)

    नयाँ पल्सर एनएस २०० यूएसडी एक यस्तो दुई पाङ्ग्रे सवारी साधन हो । जुन सडकमा हावी हुने र सवारी गर्ने जोशलाई जगाउन डिजाइन गरिएको हो । यस पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको अत्याधुनिक बीएसभीआई इन्जिन रहेको छ ।

    यस मोटरसाइकले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८०००  आरपीएममा १८.७४ एनएमको टर्क प्रदान गर्नेछ । साथै पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ ।

    पल्सर एनएस २०० यूएसडीले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ प्रस्तुत गरेको छ । जसले सडकमा सबैको ध्यानाकर्षण गर्ने कम्पनीको विश्वास छ ।

    कम्पनीका अनुसार यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटीक ह्यान्डलिंग प्रदान गर्नेछ ।

    पल्सर एनएस १६० इूएसडी (अपसाइड डाउन)

    पावर–प्याक्ड र रमाइलो बजाज पल्सर एनएस १६० यूएसडी एक गतिशील बाइक हो । जुन राइडरको सवारी अनुभवलाई निखार्न र उनीहरूको नयाँ–नयाँ ठाउँहरू एक्स्प्लोर गर्ने चाहनालाई मूर्तरूप दिन डिजाइन गरिएको हो ।

    पल्सर एनएस १६० यूएसडीमा १६०.३ सीसीको आयल कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको बीएसभीआई इन्जिन रहेको छ ।

    ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गति र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ । आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ पल्सर एसएस १६० यूएसडीले सबैको ध्यान आकर्षित गर्ने कम्पनीले जनाएको छ । 

    साथै साहसिक पल्सर एनएस १६० यूएसडीको उत्कृष्ट ह्यान्डलिङ र गतिशीलतासँग कुनै सीमा नरहने कम्पनीले जनाएको छ ।

    पल्सर एनएस २०० अहिले नेपाली बजारमा ४ लाख २४ हजार ९ सय र एनएस १६० काे ३ लाख ८४ हजार ९ सय रुपैयाँमा उपलब्ध छन् ।


    images
    images

    Logo