images
images

उपभोक्ता समितिको साढे ६ लाख रकम लिए वडा अध्यक्षसहित ३ जना फरार 


  • 263
    SHARES
  • २०८० आषाढ २२ गते शुक्रबार

    उपभोक्ता समितिको साढे ६ लाख रकम लिए वडा अध्यक्षसहित ३ जना फरार 

    सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाअध्यक्षसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको पाइएको छ। वडाअध्यक्ष विनोदसिं विष्ट, सुशिल गुरुङ, बलिराज शाहीले सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका हुन् ।

    उपभोक्ता समितिका व्यक्तिहरुले सो विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन्। बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरुले रकम लिएका हुन्।

    यसअघि वडाअध्यक्ष विष्ट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए ।


    images
    images

    Logo