images
images

एलओडीका अर्का सञ्चालक श्रेष्ठ पनि पक्राउ 


  • 687
    SHARES
  • २०८० आषाढ २२ गते शुक्रबार

    एलओडीका अर्का सञ्चालक श्रेष्ठ पनि पक्राउ 

    काठमाडौं । काठमाडोंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी)का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरेको हो । 

    यही मुद्दाका अर्का सञ्चालक राजु सिंह सुवाललाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो। गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १६ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल बल्ल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।

    पक्राउ परेका दुवैजनालाई बालबालिका सम्बनधी कसुरमा पक्राउ गरिएको हो । उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । 

     


    images
    images

    Logo