काठमाडौं । अपर स्याङ्गे हाईड्रोको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिहान बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलप्रथाबाट बाँडफाँट गरिएको छ । जसअनुसार ५३ हजार ९ सय ५० जनाले मात्र १० कित्ताका दरले आईपीओ पाएका छन् ।
कम्पनीको आईपीओमा कुल १ करोड २८ लाख २५ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको छ । जस मध्ये ११ लाख ९८ हजार ७७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । २ हजार ३ सय ९९ जनाको आवेदन भने रद्द भएको छ ।