images
images

स्कटल्याण्डलाई पराजित गर्दै नेदरल्याण्ड्स विश्वकपमा


  • 331
    SHARES
  • २०८० आषाढ २१ गते बिहीबार

    स्कटल्याण्डलाई पराजित गर्दै नेदरल्याण्ड्स विश्वकपमा

    काठमाडौं । स्कटल्याण्डलाई पराजित गर्दै नेदरल्याण्ड्स विश्वकपका लागि छनौट भएको छ । जिम्बाबेमा जारी आइसिसी विश्वकप क्रिकेटको छनोट खेलमा आज नेदरल्याण्ड्सले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो । 

    जिम्बाव्वेको बुलवायोमा जितका लागि पाएको २७८ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ४३ बल अघि नै भेट्टाएर विश्वकपमा स्थान पक्का गरेको हो ।

     पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । उसका लागि ब्रान्डन म्याकमुलनले १०६ तथा कप्तान रिचे बेरिङटोनले ६४ रन बनाए ।

    श्रीलङ्का यसअघि नै विश्वकपमा स्थान बनाउन सफल भइसकेको छ । 

    विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो । सुपर सिक्समा पुग्न असफल रहेको नेपालले प्रतियोगितामा आठौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो । 


    images
    images

    Logo