images
images

औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति सहज वनाउने प्राधिकरणको योजना माथि छलफल


  • 453
    SHARES
  • २०८० आषाढ २१ गते बिहीबार

    औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति सहज वनाउने प्राधिकरणको योजना माथि छलफल

    विराटनगर । विद्युत आपूर्तिको दीर्घकालिन समाधानका लागि आज उद्योग संगठन मोरङमा छलफल भएको छ । प्राधिकरणका डेपुटी प्रवन्ध निर्देशक मनोज सिलवाल र भार सम्प्रेशण केन्द्रका निर्देशक सुरेश भट्टराईको उपस्थितीमा भएको छलफलमा अगामी वर्ष सुख्खायाममा औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति सहज वनाउने प्राधिकरणको योजना र भोल्टेज फल्क्च्यूएशन तथा ट्रिपिङको समस्या कसरी सम्वोधन गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो ।  

    गएको हिउदमा औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिको जटिल समस्या भएकोले आगामी दिनमा विद्युत आपूर्तिको सुनिश्चितता खोज्न गत हप्ता काठमाण्डौ गएको उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई भेटी तत्कालको समस्या समाधानका लागि गरेको आग्रह अनुरुप प्राधिकरणको डेपुटी प्रवन्ध निर्देशक लगायतको टोलीले उद्योग व्यवसायीका साथ छलफल गरेको हो । 

    उक्त कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले यस वर्ष जस्तो सुख्खायाममा विद्युत आपूर्तिमा समस्या नहुने सुनिश्चितताका लागि प्राधिकरणको योजना र यथार्थ जानकारी उपलब्ध गराउन माग गरेका थिए । त्यसैगरी गरी अध्यक्ष सुरानाले यस क्षेत्रका उद्योगहरुको विद्यूत आपूर्तिको गत पन्ध्र दिनको तथ्यांक प्रस्तुत गर्दै ट्रिपिङ तथा लो भोल्टेज, फ्लक्चुएशनको समस्या समाधान कहिलेसम्म हुने भनि डेपुटी प्रवन्ध निर्देशक समक्ष जिज्ञासा राखेका थिए । 

    प्राधिकरणका डेपुटी प्रवन्ध निर्देशक मनोज सिलवालले सुख्खायाममा हुने विद्युत अभावको समस्याको समाधानका लागि ढल्केवर–ईनरुवा चार सय केभिए प्रशारण लाईन तथा र वर्जुको सबस्टेशन निर्माण कार्य छिट्टै सम्पन्न गर्ने वताए । व्यवस्थापकीय पक्षका कारण हुने गरेको ट्रिपिङ, लो भोल्टेज, फल्क्च्युएशनको जस्ता समस्या न्यूनिकरणका लागि उद्योगहरुमा स्विचिङको व्यवस्था, कटहरी करोडोरमा कपर वायरको व्यवस्थाका साथै उद्योगी व्यवसायी गुनासो सुनुवाईका लागि प्राधिकरणले कल सेन्टरलाई पूर्णरुपमा संचालनमा ल्याई प्रभावकारी सेवा प्रवाह गर्ने जानकारी दिए । 

    कार्यक्रममा उपस्थित अधिकांश उद्योगी व्यवसायीले ट्रान्सफरमर परिक्षणका लागि हेटौडा पु¥याउनु पर्ने वाध्यता अन्त्यका लागि प्रदेश स्तरीय ट्रान्सफरमर परिक्षण केन्द्र स्थापना गर्नुपर्ने, सडक पूर्वाधार निर्माण गर्दा प्राधिकरण र सम्वन्धित पक्षसंग समन्वय हुनुपर्ने धारणा राखेका थिए । 

    कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन कावरा, कोषाध्यक्ष सुवोध कोइराला, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, सन्तोष भगत, दिपक अग्रवाल, सृजन प्याकुरेल, सिद्धार्थ कावरा, विद्युत प्राधिकरणका कोशी प्रदेश प्रमुख, ग्रिड तथा शाखा प्रमुखहरुका साथै उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो । 


    images
    images

    Logo