images
images

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबारको मिति तय


  • 5.0K
    SHARES
  • २०८० आषाढ २१ गते बिहीबार

    लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबारको मिति तय

    काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति तय भएको छ । यी दुवै बैंकले मर्जर प्रकृया पुरा गरि असार २८ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । 

    दुवै बैंकबीच १ः१ अनुपातमा मर्जरमा जाने सहमति भएको छ । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । यी दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् । 

    नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने वाणिज्य बैंकलाई सुविधा तथा छुट प्रदान जनाएको छ।

    लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । 


    images
    images

    Logo