images
images

भारतमा बन्दै गरेको पशुपतिको प्रतिरुपलाई नेपालले शिवलिङ्ग उपहार दिने


  • 765
    SHARES
  • २०८० आषाढ २१ गते बिहीबार

    भारतमा बन्दै गरेको पशुपतिको प्रतिरुपलाई नेपालले शिवलिङ्ग उपहार दिने

    भारतमा निर्माण भइरहेको पशुपतिनाथ मन्दिरलाई नेपालको पशुपतिनाथ मन्दिरले शालिग्राम शिलाबाट बनेको शिवलिङ्ग दिने भएको छ । भारतका पूर्व सेना प्रमुख जनरलको पुख्र्याैली थलो उत्तराखण्डको सैनमा बन्दै गरेको नेपालको पशुपतिनाथको प्रतिकृतिलाई उपहारस्वरुप शिवलिङ्ग दिने भएको हो । 

    उत्तराखण्डको पशुपतिनाथ मन्दिरलाई नेपालको पशुपतिनाथले नन्दीको मूर्ति, मन्दिरको एउटा घण्टी र त्रिशूल दिनेबारेमा उक्त मन्दिर निर्माणका लागि निर्देशन गर्ने अधिकार पाएको गैर सरकारी संस्थाको प्रमुख निवृत्ति यादवले बताए । 

    उक्त पशुपतिनाथको प्रतिलिपि मन्दिर महाराष्ट्रको लातुरस्थित गैरसरकारी संस्था हरिवंश राई बच्चन प्रबोधन प्रतिष्ठानको निर्देशनमा सेन गाउँमा पशुपतिनाथको मन्दिर निर्माण गरिने भएको छ ।

    यादवले यसै हप्ताको सुरुमा काठमाडौंको भ्रमणका क्रममा पशुपतिनाथका अधिकारीहरुसँग भेटेर सो बारेमा कुरा गरेको बताए । यादवले नेपालका प्रधानमन्त्री पुष्पकमल दहालसँग समेत भेटेर सैनमा भइरहेको विकाशका कार्यबारे बताएका थिए । 

    सैनमा निर्माण भइरहेको मन्दिर विश्वका सबै हिन्दु धर्मावलम्बीहरुको आश्थाको केन्द्रको रुपमा रहेको नेपालको पशुपतिनाथको सानो प्रतिलिपि हो । नेपालको पशुपतिनाथ मन्दिर ट्रस्टले नै उक्त मन्दिर निर्माणका लागि स्वीकृति दिएको छ । 

    मे महिनामा उक्त मन्दिरको शिलान्यास गरिएको थियो । 

    पीटीआई


    images
    images

    Logo