images
images

पाँच महिनामै छोडिन् एलिजा गौतमले राजनीतिक यात्रा


  • 298
    SHARES
  • २०८० आषाढ २१ गते बिहीबार

    पाँच महिनामै छोडिन् एलिजा गौतमले राजनीतिक यात्रा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतम पाँच महिनामौ राजनीतिक त्यागेको घोषणा गरेकी छिन् । पाँचमहिना अघि मात्रै देश र जनताको सेवा गर्ने भन्दै जोडिएकी गौतमले आज समाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् । 

    एलिजा गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै एलिजाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छिन्  । हाल धरानमा रहेकी एलिजाले लेखेकी छिन्, ‘ उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । ’

     धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उल्लेख गरेकी छन् ।  यसका साथै उनीले आगामी दिन समाजसेवामा नै सक्रिय रहने जानकारी दिएकी हुन् ।


    images
    images

    Logo