images
images

मस्र्याङ्दी जलविद्युत आयोजनाले उत्पादन गर्यो पूर्ण क्षमतामा विद्युत् 


  • 350
    SHARES
  • २०८० आषाढ २१ गते बिहीबार

    मस्र्याङ्दी जलविद्युत आयोजनाले उत्पादन गर्यो पूर्ण क्षमतामा विद्युत् 
     
    काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढ्न थालेको छ । 
     
    मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएपछि जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो । दैनिकरुपमा वर्षा हुने क्रम जारी रहेकाले मस्र्याङ्दी नदीमा पानी बहाव बढेपछि पूर्ण क्षमताको बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख प्रमुख बद्री फुयाँलले जानकारी दिए । उनका अनुसार हिउँदमा ४० मेगावाट उत्पादन भएकोमा हाल वृद्धि भएर पूर्ण क्षमताको विद्युत् उत्पादन भइरहेको छ । 
     
    यस आयोजनाबाट वर्षायाममा क्षमताभन्दा बढी बिजुली उत्पादन हुने गर्दछ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढेसँगै बिजुली उत्पादन बढ्ने र पानी घट्दा उत्पादन घट्ने भएकाले नदीको पानीको बहाव क्षमताका आधारमा बिजुली उत्पादन हुने गर्दछ । 
     
    आयोजना प्रमुख फुयाँलले भने, “यतिबेला प्रशस्त पानी पर्ने समय हो, तर यस वर्ष खडेरी लामो समयसम्म भएकाले नदीमा पानीको बहाव कम भयो, अहिले मनसुन देशैभर फैलिसकेको छ, त्यसले गर्दा पूर्ण क्षमतामा उत्पादन हुन थालेको छ ।” केही समय यस वर्ष धेरै समय खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले पूर्ण क्षमतामा विद्युत् उत्पादनमा ढिला भएको केन्द्र प्रमुख फूयाँलले जानकारी दिए । 
     
    मस्र्याङ्दी नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएकाले ६९ मेगावाट उत्पादन हुनुपर्नेमा ६० मेगावाट मात्रै भएको थियो । आयोजना प्रमुख फुँयाल भने, “गर्मी बढ्ने र पानी पर्न थालेसँगै केन्द्रको बिजुली विस्तारै वृद्धि हुँदै गएको छ, अहिले पूर्ण क्षमताको विद्युत् उत्पादन भएको छ ।” साँझ र बिहान बिजुलीको माग बढी विद्युत् खपत हुने गरेको उहाँले बताए । 
     
    उनले साँझ र बिहानी धेरै विद्युत् खपत हुने भएकाले हिउँदमा नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कीमा जम्मा गरेर लैजाने साँझ बिहान भने पूर्ण उत्पादन बढाउने गरिएको गरिन्छ । केन्द्रका अनुसार साँझ ५ बजेदेखि १० बजेसम्म र बिहान ५ बजेदेखि १० बजेसम्म विद्युत्को माग बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर करिब पूर्ण क्षमतामै उत्पादन गरिएको थियो । अहिले पूर्ण मात्रामा नै विद्युत् उत्पादन भएकाले त्यस्तो गर्नुपर्ने अवस्था नभएको उनले बताए । 
     
    हिउँदमा विद्युत्को माग धेरै भएको समयमा तीन वटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन गर्नुपर्ने हुन्छ । नदीमा पानीको बहाव बढेपछि भने सहज भएको उनले बताए । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिँउ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेसँगै विद्युत् उत्पादन पनि घट्ने गर्दछ । 
     
    यसैगरी गर्मी मौसम पानी धेरै पर्ने र तापक्रम वृद्धि हुँने हुँदा हिमाल हिउँ पग्लने भएकाले विद्युत् उत्पादन वृद्धि हुने गर्दछ । वर्षा धेरै भएमा क्षमताभन्दा पनि तीन युनिट बढीसम्म उत्पादन हुने आयोजना प्रमुख फुँयाल बताए। यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको ‘स्टेसन’मार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ । 

     


    images
    images

    Logo