images
images

पर्यटन विकास आयोजनाको म्याद थपियो


  • 246
    SHARES
  • २०८० आषाढ २० गते बुधबार

    पर्यटन विकास आयोजनाको म्याद थपियो

    काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश पर्यटन विकास आयोजनाको म्याद थपेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले आज सो आयोजनाको म्याद थप्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद्बाट पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना एकाइ कार्यालय काठमाडौँलाई २०८० साउनदेखि २०८२ असार मसान्तसम्मका लागि म्याद थप गर्ने निर्णय भएको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । 

    बैठकले बागमती प्रदेश सरकारले बजेट निर्माण गर्दा प्रतिपक्ष दलबाट पेश भएर छुट्न गएका योजनालाई पुनः समावेश गर्ने निर्णय गरेको छ । साथै बैठकले प्रथम पटक प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम डा चन्द्रप्रसाद लुइँटेल तथा पूर्णबहादुर दर्जीलाई प्रदेश सेवा एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । 

    बैठकले दोलखाको जिरी नगरपालिकामा सञ्चालन हुने मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि सो जग्गा प्राप्ति ऐन, २०३४ को दफा (क) बमोजिम करिब पाँच सय ४१ दशमलव २३ रोपनी व्यक्तिगत जग्गा प्राप्ति गर्न जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखालाई जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाही चलाउन जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।


    images
    images

    Logo