images
images

प्रतिनिधिसभामा मागियो प्रधानमन्त्रीको राजीनामा


  • 256
    SHARES
  • २०८० आषाढ २० गते बुधबार

    प्रतिनिधिसभामा मागियो प्रधानमन्त्रीको राजीनामा

    काठमाडौं । एमालेका सांसदहरुले प्रतिनिधिसभा वैठकमा नारावाजी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दहालको विवादास्पद अभिव्यक्तिलाई लिएर एमाले सांसदहरुले यस्तो नारावाजी गरेका हुन् । 

    संसद सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले विशेष समय लिएर प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरिएको भन्दै उनको राजीनामा नआएसम्म संसद चल्न नदिने बताएका थिए । सो लगत्तै एमाले सांसदहरु उठेर विरोध जनाएपनि सभामुखले अर्का सांसदलाई बोल्न समय दिएपछि एमाले सांसदहरु नारावाजीमा उत्रिएका हुन् । योसँगै सभामुख देवराज घिमिरेले संसद वैठक आधा घण्टाका लागि स्थगित गरे । 


    images
    images

    Logo