काठमाडौं । काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले २ हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने २ हजार २ सय ३ सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा १ सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन् । यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई १ सय ४७ र अन्य १ हजार ७ सय ४५ गरी कुल २ हजार २ सय ३ सवारी चालकलाई कारबाही गरिएको छ ।