images
images

सोमबार विश्वको सबैभन्दा गर्मी दिन


  • 581
    SHARES
  • २०८० आषाढ २० गते बुधबार

    सोमबार विश्वको सबैभन्दा गर्मी दिन

    संयुक्त राज्य अमेरिकाको नेशनल सेन्टर फर इन्भाइरोन्मेन्टल प्रिडिक्शनको तथ्यांकअनुसार सोमबार विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो दिन रेकर्ड गरिएको छ ।

    विश्वभरि नै लू चलेका कारण औसत वैश्विक तापमान १७.०१ डिग्री सेल्सियस (६२.६२ फरेनहाइट) सम्म पुगेको थियो । २०१६ अगस्टमा मापन गरिएको हालसम्मकै उच्च मानिएको १६.९२ सेल्सियस (६२.४६) तापक्रमलाई सोमबारको तापक्रमले उछिनेको छ । 

    हालैको सप्ताहहरुमा दक्षिण्ी अमेरिका भीषण गर्मीबाट गुज्रीरहेको छ । चीनमा ३५ डिग्री सेल्सियस (९५ फरेनहाइट) भन्दा माथिको तापक्रमका काण स्थायी रुपमा नै लू चलिरहेको छ । उत्तर अफ्रिकामा तापमान ५० डिग्री सेल्सियस (१२२ फरेनहाइट) को आसपास पुगेको छ । 

    अहिले जाडो महिना चलिरहेको अन्टार्कटिकामा समेत असामान्य रुपमा उच्च तापक्रम मापन गरिएको छ । श्वेत महाद्वीपको अर्जेन्टिना टापुमा रहेको युक्रेनको भेर्नाडस्की रिसर्च बेसले हालै ८.७ डिग्री सेल्सियस (४७.६ फरेनहाइट) तापक्रम मापन गरेको छ । उक्त तापक्रम जुलाईमा नापिएको हालसम्मकै तापक्रममध्ये उच्च हो । 

    इम्पेरियल कलेज लन्डनका ग्रान्थम इन्स्टिच्युट फर क्लाइमेट चेन्ज एण्ड द इन्भायरमेन्टका जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले भने, ‘यो हामीले मनाउने कोसेढुङ्गा होइन ’ । ‘यो मानिस र इकोसिस्टमको लागि मृत्युदण्ड सरह हो’, उनले भने । 

    वैज्ञानिकहरुले जलवायु परिवर्तन प्राकृतिक जलवायु अवस्था एल निन्योको सुरुवातसँग सम्बन्धित भएको ठानेका छन् ।

    ‘दुर्भाग्यवश, यो वर्ष कार्बन डाइअक्साइड र हरितगृह ग्यासहरूको बढ्दो उत्सर्जन र बढ्दो एल निनो घटनाले उच्च तापमानको नयाँ रेकर्ड राख्नेछ’ बर्कले अर्थका वैज्ञानिक जेके हौसफादरले भने । 

    अलजजीरा


    images
    images

    Logo