images
images

पुस मसान्तसम्म बक्यौता कर तिरे जरिवाना र ब्याज मिनाहा हुने


  • 295
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    पुस मसान्तसम्म बक्यौता कर तिरे जरिवाना र ब्याज मिनाहा हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्ममा विगतमा कर नतिरेका करदाता कर तिर्न आएमा जरिवाना र ब्याज मिनाहा गर्ने भएको छ । आइतबार प्रस्तुत भएको महानगरको आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको हो ।

    महानगरले कुनै व्यक्ति वा संस्थाले विगतमा तिर्नुपर्ने सम्पत्ति, व्यवसाय, विज्ञापन र बहाल कर बक्यौता बाँकी भएको भए वा कर नबुझाएको भए त्यस्तो व्यक्ति वा संस्थाले करदाता नम्बर लिई आर्थिक वर्ष २०८० पुस मसान्तसम्म कर लाग्ने अवधिदेखिको कर बुझाएमा सो बापत लाग्ने जरिवाना र ब्याज मिनाहा हुने व्यवस्था गरेको हो ।

    तर, तोकिएको अवधीमा कर नबुझाएमा वा कर दाखिला नगरेमा सो अवधि व्यतित भएपछि त्यसको जरिवाना मिनाहा नगरि पुरै असुल हुने व्यवस्था महानगरले गरेको छ ।

    त्यस्तै, महानगरले आगामी आर्थिक वर्ष २०८०/०८१ मा सम्पत्ति कर, घर बहाल कर र व्यवसाय कर बुझाउने करदाताले किस्तामा कर तिर्न सक्ने पनि व्यवस्था गरेको छ । महानगरले अधिकतम ६ किस्तामा कर बुझाउन सक्ने जनाएको छ । बक्यौताको हकमा पुस मशान्तससम्म किस्तामा कर तिरेमा जरिवाना छुट हुने र पुस मशान्तपछि बाँकी बक्यौता बुझाउने हकमा नियमानुसार जरिवाना असुल गरिने व्यवस्था गरेको छ ।


    images
    images

    Logo