काठमाडौं । आगामी आर्थिक वर्षमा काठमाडौं महानगरभित्रका जग्गाको मूल्य यथावत राख्ने निर्याग भएको छ । आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आर्थिक विधेयक प्रस्तुत गर्दै आगामी वर्षमा जग्गाको मूल्यांकन नबढाउने निर्णय गरेका हुन् ।
स्थानीय तहले जग्गाको मूल्यांकन बढाउँदा सरकारी दररेट पनि बढ्ने र जग्गाको मूल्य पनि बढ्ने भएकाले मेयर बालेनले जग्गाको मूल्य नबढाउने निर्णय गरेका हुन् ।