काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष २०८०९र८१ को बजेट प्रस्तुत गर्दै सो रकम बराबरको बजेट ल्याएकी हुन् ।
कुल बजेटमध्ये चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
महानगरको आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्तान्तरणबाट १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारतर्फ ४ करोड ६३ लाख, राजस्व बाँडफाँडबाट ८० करोड २४ लाख आम्दानी हुने अनुमान रहेको छ भने महानगरले ९९ करोड ५० लाख आन्तरिक आम्दानी हुने अनुमान गरेको छ।