images
images

महानगरले गर्यो पूर्वाधार क्षेत्रको लागि ७ अर्ब ३४ करोडको बजेट विनियोजन


  • 399
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    महानगरले गर्यो पूर्वाधार क्षेत्रको लागि ७ अर्ब ३४ करोडको बजेट विनियोजन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वाधार क्षेत्रमा ७ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधार क्षेत्रमा ७ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

    बजेटमा महानगरपालिकाको वडा कार्यालय भवन क्रमशः निर्माण गर्नका लागि आवश्यक रकमको व्यवस्था मिलाएको उल्लेख गरिएको छ । उपप्रमुख डंगोलले महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटी मध्ये डीपीआर भएका सडक तथा पेटीहरु मर्मत तथा निर्माण गरि ‘धुलो रहित काठमाडौं’ योजनालाई कार्यान्वयन गरिने उल्लेख गरिन् । यस योजना अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्न १ अर्ब करोड रकम विनियोजन गरिएको छ ।

     त्यस्तै, काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ । टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । 

     

     

     


    images
    images

    Logo