images
images

काठमाडौं महानगरले गर्यो फोहोर व्यवस्थापनका लागि ८७ करोड ९३ लाख बिनियोजन


  • 348
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    काठमाडौं महानगरले गर्यो फोहोर व्यवस्थापनका लागि ८७ करोड ९३ लाख बिनियोजन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन र वातावरण क्षेत्रसँग सम्बन्धित विभागीय कार्यक्रमका लागि ८७ करोड ९३ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

    आइतबार महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षविभत्र फोहोरमैला व्यवस्थापनको उपयुक्त विधि र प्रणाली सहितको कार्यक्रम सञ्चालन गर्न बजेट बिनियोजन गरेको छ । त्यस्तै, सरसफाई कार्यमा प्रयोग हुने सवारी साधन तथा यन्त्र उपकरणको उपलब्धतामा कमि नहुने व्वस्था गर्न तथा त्यस्ता सवारी र उपकरणको खरिका लागि २७ करोड रकम बिनियोजन गरेको डंगोलले बताइन ।

    महानगरले आफ्नो क्षेत्रभित्र रहेका नदीहरुको नियमित सरसफाई गरि नदी किनार क्षेत्रलाई समेत संरक्षण गर्न ७ करोड रुपैयाँ बिनियोजन गरेर कार्यक्रम सञ्चालन गर्ने डंगोलले बताइन् । सँगै वायु प्रदुषण, ध्वनी प्रदुषणलगायतका पर्यावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन तथा अनुसन्धान पनि गरिने बजेटमा व्यवस्था गरिएको छ ।

     

     


    images
    images

    Logo