images
images

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी कटौती गर्ने


  • 304
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी कटौती गर्ने

    काठमाडौं । आर्थिक अभाव भएको भन्दै हेटौँडामा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक चिकित्सकसहित १ सय ४४ प्राविधिक र प्रशासनिक कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।

    प्रतिष्ठानको कार्यकारी परीषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलव र भता वितरण गर्न नसक्ने भन्दै चालु आर्थिक बर्षमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको हो ।

    प्रतिष्ठान र हेटौँडा अस्पतालका लागि सङ्घीय र प्रदेश सरकारले चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा कम बजेट विनियोजन भएकाले तलब र भत्ता वितरणमा समस्या हुने भएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले बताए । 

    प्रदेश सरकारले चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रतिष्ठानको ७ करोड १९ लाख रुपैयाँ बजेट कम अर्थात १२ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

    कटौती हुनेमा एमबीबीएस डाक्टर १५ जना, आर्युवेद चिकित्सक एक, फार्मासिस्ट, रेडियोलोजिस्ट, ल्याव टेकनिसियनलगायत प्रविधिक कर्मचारीगरी १ सय ३ जना र प्रशासनमा २५ कर्मचारी छन् । साथै सरसफाइमा कार्यरत ३५ र सुरक्षातर्फ खटाइएका २५ कर्मचार पनि कटौती गरिने भएको छ ।


    images
    images

    Logo