images
images

चैतेधानले पायो दोब्बर मूल्य, मनको हजार देखि १२ सय रुपैयाँसम्म 


  • 413
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    चैतेधानले पायो दोब्बर मूल्य, मनको हजार देखि १२ सय  रुपैयाँसम्म 

    काठमाडौं । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको ५ सय ५० रुपैयाँ देखि ६ सय रुपैयाँसम्म मूल्य पाएको चैतेधानले यस वर्ष १ हजार १ सय रुपैयाँदेखि १ हजार २ सय ५० रुपैयाँ सम्ममा कारोबार भइरहेको छ ।

    चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो मूल्य दिन थालेपछि उत्साहित बनेको मोरङ बेलबारी–११ का भगिरथ घिमिरेले बताए । “यसअघिका वर्षमा चैतेधानले किसानको उत्पादन गर्दा लाग्ने खर्च पनि उठाउँदैन थियो, तर यो वर्ष नसोचेको मूल्य पायौँ”, उनले भने ।

    चैतेधान लगाउने कृषकलाई कोशी प्रदेश सरकारले प्रोत्साहनस्वरुप प्रतिकठ्ठा ५ सय रुपैयाँ दिने निर्णय गरेको छ । तर धेरै किसानले यो सुविधा थाहा नभएको जनाएका छन् । एक बिघा जमिनमा चैतेधान लगाउने गर्नुभएका बेलबारी–११ का दिपेन राईले प्रदेश सरकारको यो निर्णय थाहा नभएको त्यो सुविधा पाए किसानलाई राहत हुने बताए ।

    मोरङमा १ लाख ११ हजार खेतीयोग्य जमिन रहेको यसमध्ये २१ हजार ९ सय हेक्टरमा मात्र चैतेधान लगाउने गरिएको र ८३ हजार ३ सय हेक्टरमा बर्खेधान लगाउने गरिएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए । उनले यसमा ५ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनको तथ्याङ्क रहेको बताए ।

    उचित मूल्यको कमीले चैतेधानप्रति कृषकको आकर्षण घट्दो रहेको थियो तर यस वर्षको मूल्यले कृषकमा चैतेधानप्रति आकर्षण बढाएको छ । हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने खेतमा चैतेधान लगाउने गरिन्छ ।


    images
    images

    Logo